वाइडबडी विमान खरिदमा देउवाको संलग्नताबारे अनुसन्धान गर्न पौडेलको माग
वि.सं.२०७५ माघ १ मंगलवार ००:३२
shares

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल वायु सेवा निगमको वाइडबडी विमान खरिद प्रकरणमा पूर्वप्रधानमन्त्रि शेरबहादुर देउवा संलग्न रहे/नरहेको छानविन गर्न सरकारसँग माग गरेका छन् । देउवाले आफू वाइडबडी विमान खरिद प्रकरणमा आफू संलग्न नरहेको भन्दै स्पष्टिकरण दिएका छन् ।
निगमको विमान खरिद प्रक्रिया देउवा प्रधानमन्त्री भएका बेला सुरू भएको भन्दै यो प्रकरणमा उनको पनि संलग्नता भएको भन्दै समाचार प्रकाशित भएका थिए । तर, देउवाले सोमबार आफू उक्त प्रकरणमा दोषी नभएको दावी गरेका छन् ।
सोमबार सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा देउवाले आफू विमान खरिद प्रकरणमा दोषी नदेखिएको बताइसकेको अवस्थामा सरकारले छानविन गरी सत्यतथ्य पत्ता लगाउनुपर्ने माग गरेका हुन् ।
पत्रकार सम्मेलनका क्रममा सरकारप्रति आक्रामक रूपमा प्रस्तुत भएका नेता पौडेलले सरकार विकास नभई विनासको बाटोमा अघि बढ्यो । पौडेलले शान्ति सुरक्षा, सुशासन र विकास तीनवटै पक्षमा पूर्ण रूपमा असफल भएको टिप्पणी गरे ।
निर्मला हत्या प्रकरणको अनुसन्धानमा सरकार चुकेको टिप्पणी गरेका पौडेलले तनहुँको दुलेगौंडामा स्थापना गरिएको गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास केन्द्र तथा सुशील कोइराला मेमोरियल क्यान्सर अस्पताल विघटन गर्ने तयारीमा सरकार गरेको भन्दै आक्रोश व्यक्त गरे ।

























