फाल्गुनन्द गोल्डकपको उपाधि झापा–११ को पोल्टामा
वि.सं.२०७५ माघ १ मंगलवार १२:५९
shares

झापा–११ ले पाँचथरको फिदिममा सम्पन्न १०औँ अन्तर्राष्ट्रिय फाल्गुनन्द गोल्डकपको उपाधि हात पारेको छ ।
सोमबार भएको फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै झापा–११ ले उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो । उपाधिसँगै झापाले नगद चार लाख रुपैयाँ हात पारेको छ भने उपविजेता बनेको आर्मीले दुई लाखमा चित्त बुझाएको छ ।झापालाई जिताउन पूजन उपरकोटी एक्लैले खेलको २३आँ र ८३औँ मिटेमा गोल गरेका थिए । जवाफमा आर्मीका तर्फबाट राजीव गुरुङले खेलको ७२औँ मिनेटमा सान्त्वना गोल फर्काए ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी झापाका दिलेन लोक्तामले यमाहको १२५ सिसीको मोटरबाइक प्राप्त गरे । खेलमा उत्कृष्ट प्रदर्शन गरेका आर्मीका राजीव गुरुङ ‘म्यान अफ दी म्याच’ घोषित भए । यस्तै हाई स्कोरर झापाका कर्ण लिम्बू भए । बेस्ट फरवाड झापाका दिलेन लोक्ताम, बेस्ट मिड फिल्डर झापाकै पूजन उपरकोटी, बेस्ट डिफेन्स आर्मीका युद्ध साही घोषित भए । राइजिङ प्लेयर आयोजक फिदिम स्पोटिङ क्लबका प्रबीन जवेगु भए भने बेस्ट कोच झापाका प्रवेश कटुवाल भए ।
गत पुस २१ गतेबाट शुरु भएको प्रतियोगितामा १० टोलीको सहभागिता थियो ।

























