काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कांग्रेसले भन्यो- वाइडबडी भ्रष्टाचार प्रकरणको निष्पक्ष छानबिन होस्

13.34K
shares

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वाइडबडी विमान खरिद अनियमितता प्रकरणको छानविन आग्रह, दबाव र प्रभावमुक्त हुनुपर्ने बताएको छ । पार्टी सभापति शेरबाहदुर देउवासमेत त्यसमा संलग्न रहेको भन्ने खबर सार्वजनिक भएपछि कांग्रेसले सो सम्बन्धमा निष्पक्ष छानविन गर्न आग्रह गरेको हो ।

देउवाको नाम जोडिएको विषयमासमेत ध्यानाकर्षण भएको भन्दै कांग्रेसले यस बारेमा समेत गहिरो छानविन हुनुपर्ने माग गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विमान खरिद प्रकरणबारे गम्भीर छानविन गर्न सरकारले गठन गरेको उच्चस्तरिय जाँचबुझ आयोगलाई आग्रह गरे ।

‘आग्रह, दबाव र प्रभावबाट मुक्त रहेर छानविन हुनुपर्छ, यसमा हामी सहयोग गर्छौं र दबाव पनि दिन्छौं,’ प्रवक्ता शर्माले भने ।

विमान खरिद प्रक्रिया सुरु गर्दा पुष्पकमल दाहाल प्रचण्ड सरकार रहेको र रकम भुक्तानी दिने बेलामा वर्तमान केपी शर्मा ओली सरकार रहेको उल्लेख गर्दै प्रवक्ता शर्माले आफ्नो पार्टी सरकारमा रहँदा यसबारे कुनै निर्णय नभएको जिकिर गरे ।

‘पार्टी सभापति देउवा भर्खर प्रधानमन्त्री भएको बेला १९ वटा मन्त्रालय उहाँसँग थियो । त्यसको चार दिनपछि निगम सञ्चालक समितिको बोर्ड बैठकले मुद्रा सटहीका लागि अनुरोधको निर्णय गरेको थियो,’ शर्माले भने, ‘क्याबिनेटस्तरीय वा प्रधानमन्त्रीस्तरीय कुनै पनि निर्णय भएको छैन ।’