राप्ती प्रादेशिक अस्पतालमा चिकित्सक अभाव
वि.सं.२०७५ माघ ७ सोमवार १३:३०
shares

दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा चिकित्सक अभाव रहेको छ ।
सोह्र विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको राप्ती प्रादेशिक अस्पताल अहिले ६ मात्रै विशेषज्ञ चिकित्सकको भरमा सञ्चालन भइरहेको अस्पतालका निमत्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. सर्वेश शर्माले जानकारी दिए ।
१० विशेषज्ञको दरबन्दी खाली हुँदा सेवा प्रवाहमा समस्या हुने गरेको शर्माको भनाइ छ । अस्पतालमा मानसिक रोग, छाला, नाक कान, बेहोस बनाउने, बलरोग तथा हड्डीसम्बन्धी विशेषज्ञ रहे पनि अन्य विशेषज्ञ चिकित्सकको अभाव छ । अस्पतालमा भौतिक पूर्वाधारको अवस्था पनि कमजोर रहेको छ ।
अहिले दैनिक २०० देखि ३०० बिरामी आउने सो अस्पताल पुग्ने गरेका छन् । (रासस)

























