काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग २६)

31.25K
shares

१. सूर्य पृथ्वीभन्दा कति किमी टाढा छ ?
– १४ करोड ८८ लाख किमी
२. विश्वको सबैभन्दा लामो पर्वतमाला कुन हो ?
– एन्डिज
३. पशुपतिनाथलाई राष्ट्रदेव भनी नामकरण गर्ने राजा को हुन् ?
– अंशुवर्मा
४. हिमपहिरोका कारण सेती नदीमा प्रलयकारी बाढी कहिले आएको थियो ?
– २०६९ वैशाख २३
५. नेपालका कुन प्रधानमन्त्रीले राहदानीको सुरु गरेका हुन् ?
– भीमसेन थापा
६. नेपालको मानव निर्मित सबैभन्दा ठूलो ताल कुन हो ?
– इन्द्र सरोवर
७. शंखधर शाख्वा कुन कालका थिए ?
– लिच्छवी
८. कैलालीको घोडाघोडी ताललाई अर्को कुन नामले चिनिन्छ ?
– कपिल ताल
९. प्रथम विश्वयुद्धको सुरुवात कहिले भएको थियो ?
– सन् १९१४ जुलाई २८
१०. नेपालको पूर्व–पश्चिम औसत लम्बाई कति छ ?
– ८८५ किमी
११. विश्वको सबैभन्दा गहिरो कालिगण्डकीको गल्छी कुन–कुन हिमालको बीचमा पर्छ ?
– अन्नपूर्ण र धौलागिरि
१२. प्रसिद्ध बुलबुले ताल कुन जिल्लामा पर्छ ?
– सुर्खेत
१३. विद्युतको करेन्ट नाप्ने यन्त्रको नाम के हो ?
– एमिटर
१४. शरीरको कुन अंकको रोग पत्ता लगाउन ईसीजी गरिन्छ ?
– मुटु
१५. कम्प्युटरका पिता भनेर कसलाई चिनिन्छ ?
– चाल्र्स ब्याबेज
१६. आफ्नो खाना आफैं बनाउने वनस्पतीलाई के भनिन्छ ?
– उत्पादक
१७. नेपालमा सर्वप्रथम कहिले कम्प्युटर प्रयोगमा आएको हो ?
– २०२८
१८. आँपको वैज्ञानिक नाम म्याङ्गीफेरा इन्डिका हो भने धानको वैज्ञानिक नाम के हो ?
– ओरिजा स्टिभा
१९. नेपाल भ्रमण गर्ने पहिलो विदेशी राष्ट्राध्यक्ष को हुन् ?
– डा. राजेन्द्र प्रसाद
२०. नेपालको स्विट्जरल्यान्ड भनेर कुन ठाउँलाई चिनिन्छ ?
– दोलखाको जिरी