काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

विज्ञापनमा राष्ट्रिय झण्डाको प्रयोग गरे पाँच वर्ष जेल, पाँच लाख जरिवाना !

39.59K
shares

राष्ट्रिय झण्डालाई विज्ञापनमा प्रयोग गरेको पाइए पाँच वर्ष जेल सजाय र पाँच लाख रुपैयाँ जरिवाना हुने भएको छ । संघीय संसदमा प्रस्तावित ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ ले राष्ट्रिय झण्डालाई विज्ञापनमा प्रयोग गर्न रोक लगाएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पुस २४ गते पेस गरेको विधेयकका व्यवस्था जस्ताको तस्तै लागू भएमा झण्डा राखेर विज्ञापन बनाउनेले पाँच वर्षसम्म कैद सजाय, पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय जेल सजाय काट्नुपर्ने हुनसक्छ ।

राष्ट्रिय झण्डासँगै राष्ट्रिय विभूतिको तस्वीर वा स्टयाचू पनि विज्ञापनमा प्रयोग गर्न बर्जित गरिएको छ । विधेयकको दफा ५ को उपदफा १ र २ मा विज्ञापन गर्न नहुने विषयहरु प्रष्ट्याइएको छ । यसमा नेपालको राष्ट्रिय झण्डा, राष्ट्रिय गान, नेपालको निशान छाप वा त्यसको कुनै वा सबै भाग वा राष्ट्रिय विभूतिको प्रयोग गरी वा त्यसको अवमूल्यन हुने गरी विज्ञापन गर्न नपाइने विषय उल्लेख छ ।

‘दफा ४ को उपदफा १ बमोजिम कसूर गर्ने गराउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवान हुने छ,’ प्रस्तावित विधेयकमा भनिएको छ, ‘दफा ५ को उपदफा १ वा उपदफा २ को खण्ड क, ग बमोजिमको कसूर गर्ने गराउने व्यक्तिलाई पाँच वर्षसम्म कैद वा पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने छ ।’ यस्तो मुद्दा सरकारवादी हुने र यसलाई जिल्ला अदालतले हेर्ने व्यवस्था विधेयकमा गरिएको छ ।

तर, रोकिएको छैन राष्ट्रिय झण्डाको दुरुपयोग

विज्ञापन मात्रै होइन, कुनै पनि उद्देश्यले राष्ट्रिय झण्डाको दुरुपयोग रोक्न सरकारले कार्यविधि नै बनाएको छ । ‘राष्ट्रिय झण्डाको प्रयोगसम्बन्धी कार्यविधि २०६९’ मा कुनै व्यापारिक प्रयोजनका लागि राष्ट्रिय झण्डा प्रयोग गर्नु अपराध हुने उल्लेख छ ।

भदौ १ देखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहिता ऐनले पनि नेपाली झण्डाको दुरुपयोग गरेमा कडा सजाय हुने भनेको छ । प्रचलित मुलुकी ऐन २०२० लाई प्रतिस्थापन गर्ने यी संहितामा राष्ट्रिय झण्डाको अपमान गर्नेलाई ३ वर्षसम्म कैद सजाय तोकिएको छ । अपराध संहिताअनुसार यस्तो कार्य गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।

ऐनको दफा १५१ मा राष्ट्रिय गान, झण्डा वा निशान छापको अपमान वा क्षतिसम्बन्धी शीर्षकमा भनिएको छ, ‘कसैले नेपाल वा नेपाल सरकारविरुद्ध घृणा फैलाउने नियतले नेपालको राष्ट्रिय गानको अपमान गर्न, नेपालको झण्डा जलाउन, त्यसको जानीजानी अपमान गर्न वा सार्वजनिक नैतिकता, शिष्टाचार वा सदाचारको दृष्टिले प्रयोग गर्न नहुने ठाउँ, वस्तु वा अवस्थामा त्यस्तो गान, झण्डा वा नेपालको निशाना छाप प्रयोग गर्न हुँदैन ।’

तर, फलामे छड, सिमेन्टदेखि रक्सीसम्मले राष्ट्रिय झण्डालाई विज्ञापन तथा आफ्नो लोगोको रुपमा प्रयोग गरिरहेका छन् । नेपालका प्रतिष्ठित व्यवसायी राजबहादुर शाहले आफ्नो रक्सीको ब्राण्डमा राष्ट्रिय झण्डालाई लोगोको रुपमा प्रयोग गरिरहेका छन् । उनीजस्तै केही सिमेन्ट, फलामे छडले पनि राष्ट्रिय झण्डालाई विज्ञापनमा प्रयोग गर्दै आएका छन् ।

याे पनि पढ्नुहाेस् ः

पैसा कमाउन मुलुककै इज्जतमाथि प्रहार : रक्सीको बोतलमा राष्ट्रिय झण्डा

राष्ट्रिय झण्डाको दुरुपयोग रोक

राज ब्रुअरीको बदमासी : ट्रेडमार्क स्वीकृत नगरी बियर उत्पादन