नेपाललाई पहिलो झड्का : उपकप्तान मल्ल क्याच आउट
वि.सं.२०७५ माघ ११ शुक्रवार १७:१७
shares

उपकप्तान ज्ञानेन्द्र मल्ल शून्य रनमा आउट भएका छन् । मल्ल मोहम्मद नाविदको बलमा गुलाम सब्बरबाट क्याट भएका हुन् ।
नेपालले यूएईविरुद्ध ब्याटिङको निम्तो पाएको छ । यूएईले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।
युएईस्थित आईसिसीको क्रिकेट एकेडेमीमा नेपाली समयअनुसार बिहान ११ः१५ मा नेपाल र युएईबीचको पहिलो खेल सुरु भएको छ । गत मार्चमा विश्व क्रिकेट परिषद् (आइसिसि) एकदिवसीयको मान्यता पाएको नेपाल युएईविरुद्ध हुने दोस्रो एकदिवसीय शृंखला आफ्नो पक्षमा पार्ने लक्ष्यका साथ मैदान उत्रिएको छ ।
यो पनि पढ्नुहोस्

























