काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपाल भर्सेस युएई : दोस्रो खेल आज, नेपाललाई जित्नै पर्ने दबाब

12.5K
shares

युएई भ्रमणमा रहेको नेपालले आज दोस्रो एक दिवसीय खेल खेल्दैछ । पहिलो खेलमा युएईसँग तीन विकेटको हार व्यहोरेको नेपाललाई तीन खेलको श्रृङखला जित्ने आशा कायम राख्न दोस्रो खेल जित्नै पर्ने दबाब छ । आजको खेलमा पराजित भए नेपालले एक खेल अघि नै सिरिजमा हार दर्ता गर्नेछ ।

नेपाली समय अनुसार सवा एघार बजे नेपाल र युएई आईसीसी ग्लोबल एकेडेमीको मैदानमा प्रतिस्पर्धा गर्नेछन् ।

शुक्रबार आईसीसी क्रिकेट एकेडेमीको मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ३३ ओभर ५ बलमा अलआउट हुँदै ११३ रनमा सीमित बन्यो । नेपालबाट पाएको ११४ रनको लक्ष्य युएईले ३२.१ ओभरमा ७ विकेट गुमाउँदा पूरा गरेको थियो ।

कसिलो बलिङ भए पनि राम्रो ब्याटिङ गर्न नसक्दा नेपाल पराजित हुन पुग्यो । नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रन जोडे पनि जितका लागि पर्याप्त भएन । यस्तै आरिफ शेखले २५, कप्तान पारस खड्काले २० रन बनाउँदा सन्दीप लामिछाने १५ रनमा मैदान बाहिरिए ।

यसैगरी विनोद भण्डारीले ५, पवन सर्राफले ४, करण केसी ३ रन जोड्दै आउट भए । ललित नारायण राजवंशी २ रनमा अबिजेत रहे । ओपनर ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी र बसन्त रेग्मी रनबिहीन बने ।