global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ महिला भलिबलको उपाधि काठमाडौंलाई

महिला भलिबलको उपाधि काठमाडौंलाई

महिला भलिबलको उपाधि काठमाडौंलाई

प्रदेशन-३ स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि काठमाडौंले हात पारेको छ । आठौं राष्ट्रिय खेलकूद प्रतियोगिता २०७५ को राष्ट्रिय महिला भलिबल टिम छनोटका लागि भएको फाइनल खेलमा काठमाडौंले चितवनलाई २५-१०, २५-१७ र २५-१९को सोझो सेटमा हराउँदै जित हात पारेको हो ।

बुधबारबाट सुरु भएको भलिबल प्रतियोगिता शनिबार सम्पन्न भएको छ । काठमाडौंकी प्रतिभा माली खेलकै सर्वोत्कृष्ट खेलाडी बनेकी छिन् । प्रतियोगिताको तेस्रो स्थानका लागि भएको खेलमा ललितपुरलाई रामेछापले २१-२५, २५-१४ र २५-१९ को सेटमा हराएको छ । रामेछापकी प्रेममाया लामा सर्वोत्कृष्ट खेलाडी बनेकी छिन् ।

प्रदेश खेलकुद परिषद् प्रदेश-३ को आयोजनामा भएको सो प्रतियोगितामा प्रदेशका १२ जिल्लाको सहभागिता रहेको संयोजक उमेश केसीले जानकारी दिए ।

प्रकाशित समय : २२:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु