गृहपृष्ठ पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध
पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध
कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कालिकोटको गगने खोलामा झरेको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको हो ।
शुक्रबार राति पानी परेसँगै पहिरो झरेको थियो । अवरुद्ध भएको सडक अझंै खुलाउन सकिएको छैन ।
पहिरोले गर्दा यातायातको साधन चलेको छैन । यातायातको साधन कालिकोटको हुल्म, जिते र गगनेखोला आसपासमा थन्किएको कालिकोट प्रहरी प्रमुख डिएसपी बिनोद शर्माले जानकारी दिए ।
प्रकाशित समय : २२:२७ बजे



















