गृहपृष्ठ स्वास्थ्य बिमा कार्यक्रम अब सबै जिल्लामा : स्वास्थ्यमन्त्री यादव
स्वास्थ्य बिमा कार्यक्रम अब सबै जिल्लामा : स्वास्थ्यमन्त्री यादव
उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउदै लैजाने बताएका छन् ।
अन्तराष्ट्रिय स्वास्थ्य दिवसका अबसरमा राष्ट्रिय नागरिक बिकास मञ्चले शनिबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा उनले जनताको स्वाथ्यको अधिकारलाई प्रत्याभूत गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए ।
यादवले स्वास्थ्य बीमा कार्यक्रम अब सबै जिल्लामा लागू हुने बताए । उनले रोग लाग्न नदिन स्वच्छ वातारण निर्माण गर्नुपर्ने पनि बताए । खाद्य पदार्थ, पिउने पदार्थ र वातावरणलाई ध्यान दिन सके रोग लाग्नबाट बच्न सकिने उनको सुझाव छ । कार्यक्रममा स्वास्थ्य क्षेत्रमा योगदान दिने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
प्रकाशित समय : २२:४३ बजे



















