global ime bank Long Banner Ad

गृहपृष्ठ एक सय ९० किशोरीले लिए आत्मरक्षा तालिम

एक सय ९० किशोरीले लिए आत्मरक्षा तालिम

एक सय ९० किशोरीले लिए आत्मरक्षा तालिम

वदह (रुपन्देही) ।रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ९भैरहवा०का चारवटा सामुदायिक विद्यालयमा सञ्चालित किशोरी लक्षित आत्मरक्षा तालिमबाट १९० जना किशोरी प्रशिक्षित भएका छन् ।

सामाजिक विकास डिभिजन कार्यालयको आयोजना तथा भैरहवा तेक्वान्दो क्लबको व्यवस्थापनमा गत वैशाख १७ देखि जेठ ३० गतेसम्म तालिम सञ्चालन भएको थियो ।

भैरहवा नमूना माध्यमिक विद्यालयका ५०, रुपन्देही लीलाराम न्यौपाने माध्यमिक विद्यालयका ५०, पक्लिहवा माध्यमिक विद्यालयका ५० र सूर्यदेव माध्यमिक विद्यालयका ४० किशोरीले तालिम लिएको भैरहवा तेक्वान्दो क्लबका सचिव तथा तेक्वान्दो प्रशिक्षक प्रकाशमान राजभण्डारीले जानकारी दिए ।

तालिम समापनमा सिद्धार्थनगर नगरपालिका–५ का वडाध्यक्ष पुरनप्रसाद श्रेष्ठले आफ्नो सुरक्षा आफैँ गर्न आत्मरक्षा तालिम वर्तमान समयको आवश्यकता भएको बताए ।

प्रकाशित समय : ११:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु