global ime bank Long Banner Ad

गृहपृष्ठ चिकित्सकको आन्दोलनले बिरामीको बिचल्ली

चिकित्सकको आन्दोलनले बिरामीको बिचल्ली

चिकित्सकको आन्दोलनले बिरामीको बिचल्ली

सरकारी चिकित्सकहरुले आकस्मिक बाहेकका अन्य सेवा ठप्प पारेका छन् । कर्मचारी समायोजनको विरोध गर्दै उनीहरुले आकस्मिक बाहेकका अन्य सेवा ठप्प पारेका हुन् ।

विगत तीन दिनदेखि आन्दोलनका कारण उपचार गराउन अस्पताल पुगेका बिरामीहरु मारमा परेका छन् । अस्पताल पुगेका बिरामी उपचार नगरि फर्किन बाध्य भएका छन् ।

उपचार नपाएपछि बिरामीहरुको बिचल्ली भएको छ । सरकारले सहमति विपरीत समायोजन गरेको भन्दै सरकारी चिकित्सकले चरणबद्ध आन्दोलन गर्दै आएको छ ।

माग पुरा नगरे सामुहिक राजीनामा दिने चिकित्सकहरुले चेतावनी दिएका छन् । आन्दोलनको नेतृत्व सरकारी चिकित्सक संघ (गोदान)ले गरेको छ ।

प्रकाशित समय : १९:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु