गृहपृष्ठ स्कुटर जोगाउन खोज्दा सडकमै पल्टियो ग्यास बोकेको ट्रक
स्कुटर जोगाउन खोज्दा सडकमै पल्टियो ग्यास बोकेको ट्रक
रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित मगंलापुरमा स्कुटरलाई जोगाउन खोज्दा ग्यास बोकेको ट्रक पल्टिएको छ ।
ग्यास उद्योगबाट सिलिण्डर बोकेर बुटवल जाँदै गरेको लु१क ८०० नम्बरको टक आइतबार मध्यान्ह मंगलापुरचोकमा पल्टिएर दुर्घटना भएको हो । ट्रकमा २ सय ३० वटा ग्यास सिलिण्डर थिए । ट्रक पल्टिएपछि सबै सिलिण्डर सडकमा छरिएका थिए । टक पल्टिदा सडकका २ वटा रेलिङ भाचिएका छन् ।
सडकमा सिलिण्डर छरिए पनि विस्फोट नभएकाले कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।
प्रकाशित समय : २१:२२ बजे




















