गृहपृष्ठ शंकर र अम्बे ग्रुपले ल्याए रिद्धि सिद्धि सिमेन्ट
शंकर र अम्बे ग्रुपले ल्याए रिद्धि सिद्धि सिमेन्ट
लामो समय निर्माण क्षेत्रमा सक्रिय शंकर र अम्बे ग्रुपले रिद्धि सिद्धि सिमेन्ट बजारमा ल्याएका छन् । आइतबार होटेल अन्नपूर्णमा आयोजित कार्यक्रममा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल र अम्बे ग्रुपका अध्यक्ष शोभाकर (हरि) न्यौपानेले संयुक्तरुपमा सिमेन्टको अनावरण गरेका हुन् ।
कार्यक्रममा रिद्धि सिद्धि सिमेन्टका निर्देशक आनन्द नेपालले हालसम्मकै ठूलो पूँजीमा गुणस्तरीय सिमेन्ट उत्पादन गरिएको जानकारी दिए ।
सो ग्रुपले ६ अर्ब रुपैयाँ भन्दा बढीको लगानीमा नयाँ सिमेन्ट उद्योग स्थापना गरेको हो । मकवानपुरको हेटौडा र चितवनबाट सिमेन्ट उत्पादन गर्ने छ । उद्योगको उत्पादन क्षमता दैनिक दुई हजार मेट्रिक टन सिमेन्ट हुनेछ ।
रिद्धि सिद्धि सिमेन्ट उद्योग २०७३ साल फागुनमा स्थापना भएको हो । यी दुबै ग्रुप यसअघि पनि निर्माण सामग्रीको उत्पादनमा संलग्न रहेका छन् । दुबै समूह स्टील उद्योगमा परिचित रहेका छन् ।
प्रकाशित समय : २०:३७ बजे




















