गृहपृष्ठ तोडफोडमा संलग्न नेविसंघका पाँच कार्यकर्ता पक्राउ
तोडफोडमा संलग्न नेविसंघका पाँच कार्यकर्ता पक्राउ
मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतमा तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले नेपाल विद्यार्थी संघका पाँच जना कार्यकर्ता पक्राउ परेका छन् ।
उनिहरुलाई विश्वविद्यालय परिसरबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य हरिप्रसाद शर्मा, सुर्खेतका अध्यक्ष गौतम बिसी, मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका स्वतन्त्र विद्यार्थी युनियनका सभापति झक्कबहादुर शाही छन् । यस्तै स्ववियु सदस्य रोशन बस्नेत र मध्यपश्चिमाञ्चल विश्वविद्यालय इन्जिनियर संकायका सभापति राजन केसी पनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
मध्यपश्चिमामञ्चल विश्वविद्यालयमा केही दिनदेखि निर्वाचनको विषयलाई लिएर नेविसंघ आवद्ध विद्यार्थी आन्दोलित भएका छन् । चैत्र २५ गतेलाई तोकिएको स्ववियु निर्वाचन सर्ने भएपछि निर्धारित मितिमै गर्न माग गर्दै नेविसंघले आन्दोलन चर्काएको हो ।
प्रकाशित समय : २१:५८ बजे




















