global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ हावाहुरी प्रभावितलाई प्रदेश पाँचका ८७ सांसादले एक दिनको तलब दिने

हावाहुरी प्रभावितलाई प्रदेश पाँचका ८७ सांसादले एक दिनको तलब दिने

हावाहुरी प्रभावितलाई प्रदेश पाँचका ८७ सांसादले एक दिनको तलब दिने

बारा र पर्साका हावाहुरी प्रभावितलाई प्रदेश पाँचका ८७ संसादहरुले एक दिन तलब दिने भएका छन् ।

आइतबार बसेको प्रदेश सभा बैठकमा सभामुख पूर्णबहादुर घर्तीले हावाहुरी प्रभावितलाई एक दिनको तलब दिन राखेको प्रस्ताव पारित भएको हो । प्रदेशसभाले सांसदहरूको सहयोग रकम प्रदेश दुईको मुख्यमन्त्री राहत कोषमा जम्मा गर्ने भएको छ । एक सांसदको एक दिनको तलब १ हजार ५ सय रूपैयाँ हुन्छ । यसअघि प्रदेश पाँच सरकारले एक करोड रूपैयाँ हावाहुरीपीडितलाई दिने निर्णय गरिसकेको छ ।

यसैबीच, आजको प्रदेश सभा बैठकले औद्योगिक व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदन सहितको विधेयक पारित गरेको छ ।

प्रकाशित समय : २२:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु