global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ कारबाहीबाट बच्न रामबहादुर बम्जन विदेश जाने तयारीमा

कारबाहीबाट बच्न रामबहादुर बम्जन विदेश जाने तयारीमा

कारबाहीबाट बच्न रामबहादुर बम्जन विदेश जाने तयारीमा

तपस्वीको भेषमा शंकास्पद गतिविधि गर्दै आएका रामबहादुर बम्जनले प्रहरी अनुसन्धानबाट बच्न विदेश जाने तयारी गरेका छन् । बम्जनलाई उनकै सहयोगीहरुले विदेश भगाउन प्रयास गरिरहेको खुलासा भएको हो ।

५ व्यक्तिको हत्या, बेपत्ता तथा आनीहरु बलात्कारको संगीन आरोप लागेका उनलाई प्रहरी अनुसन्धानबाट टाढा राख्दै प्रमाण मेटाउन उनका सहयोगीहरु मणी लामा, कमानसिंह लामालगायतले विदेश पठाउने प्रयास गरिरहेको स्रोतले बताएको छ । प्रहरीले मानव ओसारपसारमा मुद्दा दर्ता गरी बम्जनविरुद्ध अनुसन्धान तीब्र बनाएपछि त्रसित बम्जन र उनका सहयोगी बच्ने रणनीति स्वरुप यस्तो उपाय अपनाउन लागेका हुन् ।

बम्जनले सहयोगीहरुसँग मिली तपस्वीको भेषमा विभिन्न जिल्लामा शंकास्पद आश्रम सञ्चालन गर्दै आएका छन् । आश्रममा कहिल्यै ध्यान तथा आध्यात्मिक चिन्तन नगर्ने नगराउने उनी ध्यान शिविर सञ्चालनको बहानामा विदेश भाग्न लागेको सिन्धुलीमा रहेका उनका महात्मा गुरु भनिने एक अनुयायीले जानकारी दिए ।

बम्जनको आश्रमबाट सञ्चलाल वाइबा, सुरेशआले मगर, रिता वोट, कर्मा तामाङ र फूलमाया रुम्बा बेपत्ता भएका छन् । उनीहरु कोही पनि जीवित नरहेको प्रहरीको अनुसन्धानले देखाएको छ । प्रहरीको अनुसन्धान जारी रहेकै समयमा सम्भावित कारवाहीबाट जोगिने मनसायले भियतनाम, थाइल्यान्ड वा कम्बोडिया मध्ये कुनै एक मुलुकमा धर्म प्रचार–प्रसार तथा ध्यान शिविर सञ्चालन गर्ने भन्दै केही महिनाभित्रै बम्जन विदेश भाग्ने तयारी गरेको बताइएको छ ।

ती अनुयायीले न्युज कारोबारसँग भने, ‘गुरु ज्यूमाथि प्रहरीले निगरानी बढाएको छ, पटक–पटक सोधपुध गरिरहेकाले अब मुलुक बाहिर जाने तयारी गर्नुभएको छ, भियतनाम, कम्बोडिया वा थाईल्याण्डमा सम्पर्क बढाएर उतै बस्ने भन्ने सुनिएको छ ।’

बम्जन भाग्न लागेको सूचना पाएलगतै प्रहरीले उनीमाथी प्रहरीले कडा नगरानी गरेको छ । प्रहरीका अनुसार बम्जन अहिले सिन्धुली आश्रममै छन् । जुनसुकै समयमा पनि उनीसँग सोधपुछ गर्न सकिने भन्दै सिन्धुली प्रहरीले सकेसम्म आश्रम नछाड्न भनेको छ । प्रहरीले उनीमाथि निगरानी बढाएपछि बम्जनका सहयोगीले राजनीतिक दलका नेताहरु गुहार्न थालेका छन् । केही महिनाअघि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल तथा गृहमन्त्री रामहादुर थापासँग समेत भेट गरी कारबाहीबाट बचाउन आग्रह गरेका थिए ।

बाराका सुरेश आलेमगर र मकवानपुरका सन्चलाल वाईबाको हत्या सिन्धुपाल्चोकको बाँडेगाउँ आश्रममा भएको तथ्य फेला पारेको प्रहरी स्रोतको दावी छ । सुरेश र सञ्चलाललाई बम्जनले तथाकथित बोक्सो भएको आरोपमा यातना दिएको अनुयायीहरुले बताएका छन् । प्रहरीले गएको पुसमा बाँडेगाउँ आश्रम उत्खनन् गर्दा नुनका पोका समेत बरामद गरेको थियो । जसबाट हत्या गरेर जलाएको अवशेष गाडिएको हुनसक्ने प्रहरीको भनाइ छ ।

फुलमाया रुम्बा (पासाङ), रिता वोट र चुल्मा र कर्मा भनेर बोलाउने चीनीमायाँ तामाङलाई बेपत्ता बनाइएको बारे भने प्रहरी अनुसन्धान टुंगोमा पुग्न लागेको छ ।

प्रकाशित समय : २२:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु