global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ अर्थ समितिले बजेटबारे प्रदेशस्तरीय छलफल गर्ने

अर्थ समितिले बजेटबारे प्रदेशस्तरीय छलफल गर्ने

अर्थ समितिले बजेटबारे प्रदेशस्तरीय छलफल गर्ने

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले बजेटबारे परामर्श लिन प्रदेशस्तरीय अन्तरक्रिया गर्ने भएको छ । अर्थमन्त्रालयले आगामी आर्थिक वर्षको बजेटको लागि गृहकार्य अगाडि बढाएपछि अर्थसमितिले सुझाव दिनको लागी तयारी स्वरुप छलफल अन्तरक्रिया गर्न लागेको हो ।

बैशाख ५ गतेदेखि सुरु गरिने अन्तरक्रियाका लागि दुई समूह बनाएर प्रदेशस्तरीय छलफल गरिने छ । राष्ट्रिय गौरवका आयोजनाको अवस्थाबारे स्थलगत अवलोकन गरेर प्रदेशस्तरीयको रायसुझवसहित अध्ययन गरेर प्रतिवेदन बनाएरै सरकारलाई बुझाउने अर्थसमितिका सभापति कृष्णप्रसाद दाहालले बताए । ‘अर्थसमितिले यसपटक फरक ढंगले बजेटपूर्व छलफल गर्ने भएको छ , सबै प्रदेशबाट आएको सुझाव बैशाख १५ भित्र अर्थमन्त्रालयलाई बुझाउने छौँ ’ अर्थसमितिका सभापति दाहालले बताए ।

प्रदेशमा प्रदेश अर्थसमितिका प्रतिनीधि, प्रदेश अर्थमन्त्रालयका अर्थमन्त्री, सो क्षेत्रका निर्वाचित सदस्य, नीजी क्षेत्र लगायतसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको जनाईएको छ । अर्थमन्त्रालयले पनि आगामी आर्थिक वर्षको बजेटको लागि गृहकार्य अगाडि बढाइरहेको छ ।

अर्थमन्त्रालयले विभिन्न विज्ञ तथा सर्वसाधारणलाई विभिन्न विषयमा राय सुझाव बैशाख १५ भित्र पेश गर्न पनि भनेको छ । आगामी आर्थिक बर्षको बजेटका लागि योजना आयोगले १४ खर्ब ९३ अर्बको सिलिङ दिएको छ ।

प्रकाशित समय : २२:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु