global ime bank Long Banner Ad

गृहपृष्ठ स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरूको पाँचौँ शिखर सम्मेलन सुरू हुँदै

स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरूको पाँचौँ शिखर सम्मेलन सुरू हुँदै

स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरूको पाँचौँ शिखर सम्मेलन सुरू हुँदै

सङ्घीय प्रणालीमा समता र विकासका लागि अनुसन्धान’ भन्ने नाराका साथ स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरुको पाँचौँ शिखर सम्मेलन भोलिदेखि काठमाडाैंमा सुरू हुँदैछ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदद्वारा आयोजित तीनदिने सम्मेलनमा नेपालसहित भारत, चीन, जर्मनी र अमेरिकाका स्वास्थ्य तथा जनसङ्ख्या क्षेत्रमा कार्यरत झण्डै एकहजार वैज्ञानिकको सहभागिता रहनेछ । परिषद्का अध्यक्ष प्रा डा अञ्जनीकुमार झाले सम्मेलनको तयारी पूरा भएको जानकारी दिए । सम्मेलनमा ३३ कार्यपत्र प्रस्तुत गरिनेछ । स्वास्थ्य समता र विकास, सामाजिक स्वास्थ्य बिमा, नसर्ने रोग, मातृ स्वास्थ्य, बाल स्वास्थ्य र किशोरकिशोरी स्वास्थ्य, मानसिक स्वास्थ्य, सरुवा रोग, जैविक स्वास्थ्य र स्वास्थ्य सूचना, स्वास्थ्य प्रणाली, हेल्थ इकोनोमिक्स तथा फाइनान्सिङ र स्वास्थ्य संवद्र्धन, प्रविधि र आवश्यक मेडिकललगायत विषयमाथि सम्मेलनमा छलफल हुने उनले जानकारी दिए ।

सम्मेलनमा जर्नल अफ नेपाल हेल्थ रिसर्च काउन्सिल उत्कृष्ट कृति पुरस्कार, उत्कृष्ट स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार र मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार पनि वितरण गरिने छ । परिषद्ले आफ्नो स्थापनाको दिनको अवसरमा स्वास्थ्य तथा जनसङ्ख्यासम्बन्धी वैज्ञानिक सम्मेलन गर्दै आएको छ ।

प्रकाशित समय : २२:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु