global ime bank Long Banner Ad

गृहपृष्ठ विप्लवका चार कार्यकर्ताले गरे आत्मसमर्पण

विप्लवका चार कार्यकर्ताले गरे आत्मसमर्पण

विप्लवका चार कार्यकर्ताले गरे आत्मसमर्पण

सरकारले प्रतिबन्ध लगाएको ‘विप्लव समूह’का चार कार्यकर्ताले आत्मसमर्पण गरेका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार ‘विप्लव’ समूहमा रहेर गतिविधि गर्दै आएकामध्ये अहिलेसम्म चार जनाले जिल्ला प्रशासन कार्यालयमै पुगेर आत्मसमर्पण गरेका हुन् ।

आत्मसमर्पण गर्नेमा खजुरा गाउँपालिका–८, रनियापुरका ६६ वर्षीय चुन्ना खाँ, सल्यान घर भई नेपालगञ्ज उपमहानगरपालिका–२ बस्ने डिल्लीबहादुर डिसी, कोहलपुर बस्ने रामजी कुँवर र रुकुम चौरजहारीका गगन खड्का रहेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिए । उनका अनुसार कागज गराएर छाडिएको उनीहरुको गतिविधिमाथि भने प्रहरीले निगरानी गर्ने छ ।

प्रकाशित समय : २२:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु