गृहपृष्ठ जाजरकोटमा जिप दुर्घटना, ४ वर्षीय बालकको घटनास्थलमै मृत्यु
जाजरकोटमा जिप दुर्घटना, ४ वर्षीय बालकको घटनास्थलमै मृत्यु
जाजरकोटमा जिप दुर्घटना हुँदा एक बालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा आठबिसकोट नगरपालिकाका ४ वर्षीय विवेक नेपालीको मृत्यु भएको हो । जिपमा सवार अन्य ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसी श्याम खत्रीले जानकारी दिए ।
ग. १ ज ५८१२ नम्बरको गाडी नलगाड नगरपालिकाको तल्लुबाट दल्लीतर्फआउने क्रममा दुर्घटना भएको हो । घटनामा घाइते हुनेहरुमा मृतककी आमा लक्ष्मी नेपाली, नलगाड नगरपालिका–९ का २२ वर्षीय गाडी चालक राजेन्द्र वि.क, नलगाड–१ का ११ वर्षीय भरत परियार, नलगाड–११ का १७ वर्षीय दुर्गेश बानियाँ, सोही स्थानकी करिब १६ वर्षीय खिमा बानियाँ र नलगाड नगरपालिका–१० का करिब २२ वर्षीय तेजबहादुर वि.क छन् । चालक राजेन्द्र वि.क.को अवस्था गम्भीर रहेको डिएसपी खत्रीले बताए । जिप दिउँसो करिब ४ बजे दुर्घटना भएको थियो ।
प्रकाशित समय : ०२:०४ बजे


















