गृहपृष्ठ राष्ट्रले कुशल उद्योगपति गुमायो– कांग्रेस सभापति देउवा
राष्ट्रले कुशल उद्योगपति गुमायो– कांग्रेस सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वसांसद एवं उद्योगपति दिवाकर गोल्छाको निधनप्रति दुःख व्यक्त गरेका छन् । बुधबार एक शोक विज्ञप्तिमार्फत देउवाले गोल्छाको निधनबाट नेपालको औद्योगिक क्षेत्रमा अपूरणीय क्षति पुगेको र राष्ट्रले एक कुशल उद्योगपतिलाई गुमाएको बताएका छन् ।
स्व. गोल्छाको आत्माको चीर शान्तिको कामना गर्दै उनका शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । उद्योगपति गोल्छाको मङ्गलबार राति भारतको चेन्नइमा उपचारका क्रममा निधन भएको हो ।
प्रकाशित समय : १८:३६ बजे



















