global ime bank Long Banner Ad

गृहपृष्ठ आन्दोलनरत डाक्टरले सुरु गरे अस्पताल बाहिरै ओपीडी

आन्दोलनरत डाक्टरले सुरु गरे अस्पताल बाहिरै ओपीडी

आन्दोलनरत डाक्टरले सुरु गरे अस्पताल बाहिरै ओपीडी

आन्दोलनरत चिकित्सकले अस्पताल बाहिरै ओपीडी सेवा सुरु गरेका छन् । कर्मचारी समायोजनको विरुद्ध आन्दोलनमा उत्रेका सरकारी चिकित्सकले अस्पताल बाहिरै ओपीडी सेवा सुरु गरेका हुन् । चिकित्सकहरुले गत शुक्रबारदेखि आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् ।

उनीहरुको आन्दोलनका कारण बिरामीको बिचल्ली भएको छ । दैनिक ५० हजार बिरामीले उपचार सेवा नपाएको भन्दै डाक्टरहरुको आलोचना हुन थालेपछि अस्पताल परिसरमै ओपीडी सेवा सुरु गरेका हुन् । वीर अस्पतालका चिकित्सकले अस्पतालका टेवल, कुर्सी र उपकरणहरु अस्पतालबाहिर ल्याएर विरामीको जाँच गरिरहेका छन् ।

माग पूरा नभएसम्म बाहिरैबाट ओपीडी सेवा सञ्चानल गर्ने डाक्टरहरुले बताएका छन् । यसअघि बुधबार बिहान वीर अस्पताल प्रशासनले प्रहरी लगाएर ओपीडी विभागको टिकट काटेको थियो । चिकित्सकहरुले ओपीडी सेवा बन्द गरेको छैठौ दिन बुधबार बिहानबाट प्रशासनले प्रहरीको सहयोगमा ओपीडीको टिकट खुलाएको हो ।

सरकारले काममा नफर्किने चिकित्सकलाई कारबाही गर्ने चेतावनी दिएको छ । तर, चिकित्सकले माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । आन्दोलनको नेतृत्व सरकारी चिकित्सक संघ गोदानले गरेको छ ।

प्रकाशित समय : १८:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु