गृहपृष्ठ प्रधानमन्त्री ओलीले सेनालाई भने- सतर्क हुनुस्
प्रधानमन्त्री ओलीले सेनालाई भने- सतर्क हुनुस्
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको एकीकरण र नेपाली सेनासँगको सम्बन्ध अन्योन्याश्रित रहेको बताएका छन् । सैनिक अधिकृतहरुको दीक्षान्त समारोहको बिहीबार खरिपाटीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एकीकरणमा नेपाली सेनाको उल्लेखनीय भूमिका रहेको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले राजा पृथ्वीनारायण शाहको नेतृत्वमा थालिएको र अनेकौं नायकहरुको नेतृत्वमा अघि बढाइएको राष्ट्रिय एकीकरण अभियानबाट नेपाली सेनाले खण्डित भूगोललाई एकीकृत गरी नेपाल निर्माण गरेको बताए ।
प्रधानमन्त्री ओलीले राष्ट्रिय एकता र राष्ट्रिय हितको काममा नेपाली सेनाले विगतदेखि नै उल्लेखनीय कार्य गरेको स्पष्ट पारे । ‘नेपाली सेना सदैव संवैधानिक सरकारको मातहत र निर्देशनमा आफूलाई व्यवसायिक र मर्या्दित संगठनको रुपमा स्थापित गर्दै आएको छ’ प्रधानमन्त्री ओलीले भने, ‘आफ्नो विशिष्ट सांगठनिक क्षमताका आधारमा देशभित्र विपद् व्यवस्थापन, राष्ट्र निर्माणका कार्यहरु, नागरिक सैनिक सम्बन्ध विस्तार र राष्ट्रिय संकटमा नेपाली जनताप्रति बफादार रही नेपाली सेनाले काम गर्दै आएको छ ।’

प्रधानमन्त्री ओलीले लामो अस्थिरतापछि देश अहिले स्थायित्वको जगमा सुदृढ, सुव्यवस्था र तीव्र विकासको बाटोबाट अघि बढेको बताए । ‘समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई साकार पारी राष्ट्र विकास गर्ने हाम्रो संकल्प रहेको छ,’ उनले भने ।
प्रधानमन्त्री ओलीले देशमा विद्यमान सुरक्षा चुनौती तथा भविष्यमा उत्पन्न हुन सक्ने सुरक्षा खतराहरुको सामना गर्न नेपाली सेना र सुरक्षा निकाय समेत सदैव सजग र सतर्क रहनु पर्ने बताए ।
प्रकाशित समय : १९:३१ बजे

















