गृहपृष्ठ प्रदेशले दिने बिदामा संघ अन्तर्गतका कार्यालय पनि बन्द, क्षेत्रीय प्रशासन कार्यालय खारेज
प्रदेशले दिने बिदामा संघ अन्तर्गतका कार्यालय पनि बन्द, क्षेत्रीय प्रशासन कार्यालय खारेज
प्रदेश सरकारले दिएको सार्वजनिक बिदामा संघ अन्तर्गतका कार्यायमा पनि बिदा हुने भएको छ । बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार सूचना तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले प्रदेश सरकारले दिएको सार्वजनिक बिदामा संघ अन्तर्गतका कार्यायमा पनि बिदा हुने जानकारी गराएका हुन् ।
त्यस्तै, सरकारले क्षेत्रीय प्रशासन कार्यालय खारेज गर्ने निर्णय गरेको छ । यसअघि रहेको ५ विकास क्षेत्रको संरचनामा आधारित कार्यालय खारेज गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकार बनेको १ वर्षपछि सरकारले कार्यालय खारेज गरेको हो । धनकुटा, हेटौंडा पोखरा, सुर्खेत, दिपालयमा रहेका प्रशासन कार्यालय खारेज गरिएको हो ।
प्रकाशित समय : २०:०० बजे


















