गृहपृष्ठ विष्णु पौडेलले अरु कसैबाट जग्गा किनेकाले उहाँ माफिया होइन– गोकुल बाँस्कोटा
विष्णु पौडेलले अरु कसैबाट जग्गा किनेकाले उहाँ माफिया होइन– गोकुल बाँस्कोटा
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले प्रधानमन्त्री निवास बालुवाटारको जग्गा किनबेच नभएको बताएका छन् । मन्त्रिपरिषद निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित कार्यक्रममा सरकारका प्रवक्ता बाँस्कोटाले भने, ‘प्रधानमन्त्री निवासको जग्गा किनबेच भएको होइन, छेउको जग्गा चाहिँ हो ।’
ललिता निवासको जग्गा किनबेचबारे थप छानबिन गर्ने र संलग्नहरुलाई कारबाही गरिने मन्त्री बाँस्कोटाले बताए । ‘सार्वजनिक सम्पत्तिमा कुनै व्यक्तिको हालीमुहाली हुन हुँदैन, यो मामिलामा कोही दोषी देखिन्छ भने सरकारले छाड्दैन,’ उनले भने ।
उनले नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलले अरु कसैबाट जग्गा किनेकाले उनी स्वयं धन्दामा सामेल नभएको तर्क गरे । ‘उहाँले विज्ञप्ति निकाले स्पष्ट पारिसक्नुभएको छ,’ मन्त्री बाँस्कोटाले भने, ‘उहाँले भन्नुभएको छ, मैले कसैको नाममा भएको जग्गा किनेको हुँ ।’
प्रकाशित समय : २०:१५ बजे


















