गृहपृष्ठ सरकारप्रति उपप्रधानमन्त्री नै असन्तुष्ट, भने- नभए सरकार छाड्छौँ

सरकारप्रति उपप्रधानमन्त्री नै असन्तुष्ट, भने- नभए सरकार छाड्छौँ

सरकारप्रति उपप्रधानमन्त्री नै असन्तुष्ट, भने- नभए सरकार छाड्छौँ

उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी र सरकारप्रति असन्तुष्टि जनाएका छन् । उनले सरकारमा सहभागी हुनुअघि आफू नेतृत्वको पार्टीसँग सरकारले गरेका सहमति कार्यान्वयन नभए सरकारबाट बाहिरिने अवस्था आउने समेत बताएका छन् । संघीय समाजवादी फोरम खोटाङले बिहीबार दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री यादवले भने, ‘हालसम्म प्राप्त उपलब्धीलाई संस्थागत गर्ने, संघीय गणतन्त्र, समावेशिता र पहिचानको मुद्दालाई संस्थागत गर्नेलगायतका माग पूरा नहुने अवस्था आए हाम्रो पार्टीको बाटो अलग हुने छ ।’

मधेसी, आदिवासी जनजाती, महिला, दलित, पिछिडिएका वर्ग र समुदायका मुद्दा सम्बोधन गर्ने शर्तमा आफूहरु सरकारमा सहभागी भएको उनले बताए । जुन कारणका लागि हामी सरकारमा सामेल भयौं, त्यही भएन भने वा गर्दिन भन्ने भयो भने त्यो बेला हाम्रो बाटो फरक हुन सक्छ । त्यो निश्चित हो । तर, अहिले नै सरकार छाड्ने भन्ने छैन,’ संघीय समाजवादी फोरमका अध्यक्ष समेत रहेका मन्त्री यादवले भने ।

संविधान संशोधन लगायतका काम पूरा गर्नका लागि संघीय समाजवादी फोरम सरकारमा सहभागी भएको उनको भनाइ छ । मन्त्री यादवले मधेशमा अलग्गै राज्य बनाउने नारा लिएका सिके राउतले जेल बस्दा आत्तिएर मुद्दा छाडेको टिप्पणी गरे । ‘पञ्चायत कालमा विभिन्न आन्दोलन गरिन्थ्यो, जेल परिन्थ्यो । दुई चार दिन जेलमा परेपछि कतिपय मान्छे आत्तिन्थे र म आक्कलझुक्कलमा परेको हुँ, म यो निर्दलीय व्यवस्था मान्छु भनेर कागज गर्थे र जेलबाट छुट्थे,’ सिके राउतपट्टी लक्षित गर्दै उनले भने, ‘सिकेजी चार महिना जेलमा परे, आत्तिए र आत्मसमर्पण गरे ।’

प्रकाशित समय : २०:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु