गृहपृष्ठ पुरुष टिम इभेन्टमा सशस्त्र प्रहरी बललाई स्वर्ण

पुरुष टिम इभेन्टमा सशस्त्र प्रहरी बललाई स्वर्ण

पुरुष टिम इभेन्टमा सशस्त्र प्रहरी बललाई स्वर्ण

आठौं राष्ट्रिय खेलकुदअन्तर्गत बुटवलमा जारी लन टेनिस प्रतियोगिताअन्तर्गत पुरुष टिम इभेन्टमा सशस्त्र प्रहरी बल (एपीएफ)ले स्वर्ण पदक जितेको छ । बिहीबार भएको खेलमा नेपाल आर्मीलाई ३–० को सोझो सेटले हराउँदै एपीएफले स्वर्ण पदक हात पारेको हो । प्रतियोगितामा एनआरएनए र गण्डकी प्रदेशले कास्य पदक जितेका छन् ।

महिला टिम इभेन्टतर्फ नेपाल आर्मीले स्वर्ण पदक जितेको छ । एपीएफलाई २–१ को सेटले हराउँदै नेपाल आर्मीले स्वर्ण पदक जितेको हो । त्यसैगरी, प्रदेश ३ र गण्डकी प्रदेशले कास्य पदक जितेका छन् ।

यसैगरी, पुरुष सिंगल्समा भीष्म काउछा क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सञ्जय श्रेष्ठलाई ७–५, ६–३, ७–६ ले हराउँदै भीष्म काउछा क्वाटरफाइनलमा प्रवेश गरेका हुन् । त्यसैगरी, दावा शेषलाई ६–३, ६–१ ले हराउँदै संरक्षक भूषण बज्राचार्य पनि क्वाटरफाइलमा प्रवेश गरेका छन् ।

प्रकाशित समय : ०३:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु