गृहपृष्ठ प्रचण्डलाई पौडेलको प्रश्न- समृद्धिका लागि कांग्रेस सरकारमा आउनुपर्ने हो ?

प्रचण्डलाई पौडेलको प्रश्न- समृद्धिका लागि कांग्रेस सरकारमा आउनुपर्ने हो ?

प्रचण्डलाई पौडेलको प्रश्न- समृद्धिका लागि कांग्रेस सरकारमा आउनुपर्ने हो ?

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले समृद्धिका लागि कांग्रेस सरकारमा आउनुपर्ने हो भन्दै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रश्न गरेका छन् । ‘राष्ट्रिय सहमति नभई समृद्धि हासिल गर्न सकिँदैन भनेको के हो प्रस्ट पार्नुपर्यो,’ नेपाली कांग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिको तेस्रो राष्ट्रिय सम्मेलनमा बिहीबार नेता पौडेलले भने, ‘दुई तिहाइको सरकारले राष्ट्रिय सहमति भनेको के हो मैले बुझिन, कि कांग्रेस पनि सरकारमा आउनुपर्छ भन्नुभएको हो, यस विषयमा प्रचण्डले प्रस्ट पार्नुपर्यो ।’ सरकारले समृद्धिका लागि सिन्को पनि नभाँचेको उनको आरोप छ ।

सम्मेलनको उद्घाटन गर्दै सभापति शेरबहादुर देउवाले पनि केपी शर्मा ओली सरकारले एक वर्षमा एउटा पनि राम्रो काम गर्न नसकेको बताए । ‘दुई तिहाइको कम्युनिस्ट सरकार सर्वसत्तावाद लाद्न सेना र विभिन्न आयोगमा समेत हस्तक्षेप गर्न उद्यत छ,’ उनले भने, ‘तर विकास र समृद्धिका लागि कुनै काम भएको छैन ।’ भ्रष्टाचार, महँगी, हत्याहिंसाविरुद्ध वैशाखदेखि कांग्रेसले आन्दोलन सुरु गर्ने उनले जानकारी गराए ।

महामन्त्री शशांक कोइरालाले दुई तिहाइको सरकारले धेरै काम गर्न सक्ने भए पनि केही नगरेको बताए । ‘यो सरकारबाट आगामी चार वर्षमा कुनै चमत्कार सम्भव छैन,’ उनले भने, ‘कांग्रेस एक ढिक्का भएर अघि बढे अबको निर्वाचनमा पहिलो पार्टी हुन्छ ।’ सम्मेलनमा करिब ६० जिल्लाका कोषाध्यक्षको सहभागिता छ ।

प्रकाशित समय : ०३:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु