गृहपृष्ठ दक्षिण अष्ट्रेलियाले नेपाल ‘ए’ लाई दियो २६२ रनको लक्ष्य

दक्षिण अष्ट्रेलियाले नेपाल ‘ए’ लाई दियो २६२ रनको लक्ष्य

दक्षिण अष्ट्रेलियाले नेपाल ‘ए’ लाई दियो २६२ रनको लक्ष्य

दक्षिण अष्ट्रेलियाले नेपाल ‘ए’ विरुद्धको एकदिवसीय खेलमा ५० ओभरमा ८ विकेट गुमाएर २६१ रन बनाएको छ। यससँगै नेपाल ‘ए’ ले जितका लागि २६२ रनको लक्ष्य पाएको छ।

दक्षिण अष्ट्रेलियाका लागि डाउट्जी हुगेनबोजमले शानदार शतकसहित १११ रन बनाए। उनले १२२ बलमा ४ चौका र ५ छक्का प्रहार गरे। यस्तै लाचलान बाङ्सले ४२ तथा जेर्सिस वाडियाले २९ रन जोडे।

नेपालका लागि राशिद खानले २ विकेट लिए। रिजान ढकाल, पवन सर्राफ, लोकेश बम र नारायण जोशीले समान १-१ विकेट हात पारे।

अब नेपाल ‘ए’ ले २५९ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गर्नेछ। नेपाललाई जितका लागि निर्धारित ५० ओभरमा २५९ रन आवश्यक छ।

प्रकाशित समय : ११:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु