गृहपृष्ठ धोनी आईपीएलमा एक सय खेल जिताउने पहिलो कप्तान

धोनी आईपीएलमा एक सय खेल जिताउने पहिलो कप्तान

धोनी आईपीएलमा एक सय खेल जिताउने पहिलो कप्तान

इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किंग्सले राजिस्थान रोयल्सलाई हराएको छ । चेन्नईले राजस्थानलाई ४ विकेटले हराएको हो ।

चेन्नाईको जितसँगै कप्तान महेन्द्रसिंह धोनी आईपीएलमा किर्तीमानी रचेका छन् । उनी आईपीएलमा एक सय खेल जिताउने पहिलो कप्तान बनेका छन् । १ सय ५२ रनको लक्ष्य चेन्नईले २० ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो । चेन्नईलाई जितका लागि १२ बलमा ३० रन आवश्यक हुँदा १९ औं ओभरमा १२ रन मात्र जोड्न सक्यो ।

अन्तिम ओभरमा जितको लागि १८ रन चाहिएको थियो । पहिलो बलमै रविन्द्र जडेजाले छक्का हाने । दोस्रो नो बल रहँदा अर्को बलमा २ रन खातामा जोडियो । तेस्रो बलमा धोनी बोल्ड आउट भएपछि खेल रोमान्चक हुन पुग्यो । चौथो र पाँचौ बलमा दुई–दुई रन हुँदा अन्तिम बल वाइड भयो । मिचेल सेन्टनरले अन्तिम बलमा छक्का प्रहार गर्दै खेल चेन्नाईको पोल्टामा पारे । राजस्थानका लागि बेन स्ट्रोक्सले २, धवन कुलकर्णी, जोफ्रा आर्चर र जयदेव उनादकटले समान एक विकेट लिए ।

घरेलु मैदान जयपुरमा टस हारेर पहिला ब्याटिङ थालेको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५१ रन बनाएको थियो । राजस्थानका लागि जोफ्रा आर्चर १३ र श्रेयस गोपाल १९ रनमा नट आउट रहेका थिए । बेन स्टोक्सले २८ रन जोडे, जस बटलर २३, अजिंक्या रहाणे १४, स्टिभ स्मिथ १५, सन्जु स्यामसन ६, रियान पराग १६ र राहुल त्रिपाठ्ठी १० रनमा आउट भए ।

प्रकाशित समय : १३:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु