गृहपृष्ठ श्रीलंकाबाट खोसियो च्याम्पियन्स ट्रफीको आयोजना अधिकार

श्रीलंकाबाट खोसियो च्याम्पियन्स ट्रफीको आयोजना अधिकार

श्रीलंकाबाट खोसियो च्याम्पियन्स ट्रफीको आयोजना अधिकार

कोलम्बो : श्रीलंका क्रिकेटमाथिको प्रशासनिक विवाद फेरि सतहमा आएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सन् २०२७ मा आयोजना हुने पहिलो महिला च्याम्पियन्स ट्रफीको आयोजना अधिकार श्रीलंकाबाट खोसेको छ।

श्रीलंका क्रिकेटको प्रशासनमा सरकारी हस्तक्षेप बढेको र क्रिकेट बोर्डको स्वायत्ततामाथि प्रश्न उठेको भन्दै आईसीसीले प्रतियोगिता श्रीलंकाबाट अन्यत्र सार्ने निर्णय गरेको हो।

आईसीसीको मुख्य चासो श्रीलंका क्रिकेटको प्रशासनमा सरकारको हस्तक्षेपसँग जोडिएको छ। श्रीलंका क्रिकेट हाल सरकारद्वारा नियुक्त अन्तरिम संरचनाको प्रभावमा रहेको विषयलाई आईसीसीले स्वीकार गर्न नसकेको बताइएको छ।

श्रीलंकामा क्रिकेट प्रशासन सञ्चालन गर्न सरकारले नियुक्त गरेको कमिटी सक्रिय छ। तर, आईसीसीले क्रिकेट बोर्डमा स्वतन्त्र रूपमा निर्वाचित प्रशासन हुनुपर्ने र सदस्य राष्ट्रका क्रिकेट बोर्ड राजनीतिक हस्तक्षेपबाट स्वतन्त्र रहनुपर्ने मान्यता राख्दै आएको छ। यही विषयमा आईसीसी र श्रीलंका क्रिकेटबीच विवाद बढेको हो।

श्रीलंका क्रिकेटका सचिव प्रकाश साफ्टरले समेत प्रतियोगिता अब श्रीलंकामा नहुने पुष्टि गर्दै प्रतियोगिता अन्य स्थानमा सारिएको बताएका छन्। तर, नयाँ आयोजक वा आयोजनास्थल भने निश्चित भइसकेको छैन।

महिला च्याम्पियन्स ट्रफी २०२७ को आयोजना फेब्रुअरी १४ देखि २८ सम्म श्रीलंकामा गर्ने योजना थियो। प्रतियोगितामा ६ टोली सहभागी हुने तय थियो। अब श्रीलंकाबाट प्रतियोगिता बाहिरिएपछि नयाँ आयोजकको खोजी सुरु भएको छ।

प्रकाशित समय : १५:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु