गृहपृष्ठ हिट किक बक्सिङ–५९ अन्तरराष्ट्रिय प्रतियोगितामा नेपाली बक्सर घिमिरे फ्रान्सेली प्रतिद्वन्द्वी स्वीनार्डसँग  भिड्ने

हिट किक बक्सिङ–५९ अन्तरराष्ट्रिय प्रतियोगितामा नेपाली बक्सर घिमिरे फ्रान्सेली प्रतिद्वन्द्वी स्वीनार्डसँग  भिड्ने

हिट किक बक्सिङ–५९ अन्तरराष्ट्रिय प्रतियोगितामा नेपाली बक्सर घिमिरे फ्रान्सेली प्रतिद्वन्द्वी स्वीनार्डसँग  भिड्ने
काठमाडौं । ‘हिट किक बक्सिङ – ५९ अन्तरराष्ट्रिय प्रतियोगिता’मा  नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिमालयन चितुवा’ रिङमा उत्रने भएका छन् ।  जापानको करिया सहरमा यही भदौ २० गते सो अन्तरराष्ट्रिय प्रतियोगिता आयोजना हुँदैछ । अन्तरराष्ट्रिय किक बक्सिङ एसोसिएसन (इस्का बोल्र्ड मेन इभेन्ट) मा‘हिमालयन चितुवा’ले फ्रान्सका प्रतिस्पर्धी बक्सर माथन स्वीनार्डसँग भीड्ने छन् ।
‘हिमालयन चितुवा’ले हालसम्म हिट किक बक्सिङमा चारपटक टाइटल डिफेन्स गर्दै चारपटक हिट किक बक्सिङ टाइटल म्याच, अन्तरराष्ट्रिय किक बक्सिङ एसोसिएसन टाइटल र केवान क्रस १७५ र १८२ को दुईपटक टाइटल म्याच चुम्न सफल भइसकेका छन् ।
हालसम्म २८ वटाभन्दा बढी अन्तरराष्ट्रिय प्रतियोगितामा भाग लिएका उनि २० वटामा विजय हासिल गर्ने एकमात्र खेलाडी छन । नेपालको गौरव, अदम्य साहस र उचो शानलाई बक्सर खेलका चम्किला तारा घिमिरेले अन्तराष्ट्रिय जगतमा स्थापित गरेका छन । अन्तरराष्ट्रिय किक बक्सिङको इतिहासमा उनले आफूलाई अब्बल सावित गर्न सफल भएका छन ।

प्रकाशित समय : १०:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु