global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ लुक्लामा हेलिकप्टरमाथि जहाज बज्रिँदा ४ को मृत्यु

लुक्लामा हेलिकप्टरमाथि जहाज बज्रिँदा ४ को मृत्यु

लुक्लामा हेलिकप्टरमाथि जहाज बज्रिँदा ४ को मृत्यु

नयाँ वर्षका दिन बिहानै लुक्लाबाट दुःखद खबर आएको छ । लुक्ला बिमानस्थलमा समीट एयरको जहाज २ वटा हेलिकप्टरमाथि बज्रँदा कम्तिमा ४ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् ।

आइतबार बिहानै समीट एयरका जहाजले टेकअफ गर्न लागेको मनाङ एयरको हेलिकप्टर र श्री एयरलाइन्सको हेलिकप्टरलाई ठक्कर दिँदा मनाङका पाइलट र २ जना प्रहरीको मृत्यु भएको हो ।समीट एयरको नाइन एन ए एम एच विमान दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी समिट एयरका को–पाइलट एस ढुङ्गाना र प्रहरी असई रामबहादुर खड्काको मृत्यु भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले जानकारी दिए । अन्य दुई जनाको नाम खुल्न बाँकी नै छ । समीट एयरकै अर्का कोपाइलट आरबी रोकाय गम्भीर घाइते रहेको बताइएको छ । 

विस्तृत विवरण आउन बाँकी

प्रकाशित समय : १६:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु