global ime bank Long Banner Ad

गृहपृष्ठ युरोपा लिग : भ्यालेन्सियामाथि आर्सनलको सहज जित

युरोपा लिग : भ्यालेन्सियामाथि आर्सनलको सहज जित

युरोपा लिग : भ्यालेन्सियामाथि आर्सनलको सहज जित

युइएफए युरोपा लिग फुटबलको सेमिफाइनलको पहिलो लेगमा इंग्लिस क्लब आर्सनलले स्पेनिस क्लब भ्यालेन्सियालाई हराएको छ ।

घरेलु मैदान इमिरेट्स स्टेडियममा बिहीबार राति भएको खेलमा आर्सनलले भ्यालेन्सिया आर्सनलसँग ३–१ गेलले पराजित भएको हो । आर्सनलको जितमा एलेक्ससान्द्र लाकाजेट्टीले दुई र पिएरे हेनरिक मिदटारियले एक गोल गरे ।

लेन्सियाका मौकटार डियाखावीले एक गोल फर्काए पनि जितका लागि पर्याप्त बनेन । यद्यपि खेलको ११औं मिनेटमा डियाखावीले गोल गर्दै भ्यालेन्सियालाई अग्रता दिलाएका थिए । तर त्यो अग्रता लामो समयसम्म टिक्न सकेन ।

१८औं मिनेटमा लाकाजेट्टीले बराबरी गोल फर्काए । २६औं मिनेटमा लाकाजेट्टीले फेरि गोल थपे । उनको प्रहार गोलकिपरले बचाएका थिए तर बल गोललाईन कटेको भिएआरले देखाएको थियो ।

इन्ज्युरी समयमा पिएरेले गोल गर्दै चेल्सीलाई ३–१ जित दिलाए । दोस्रो लेग भ्यालेन्सियाको मैदानमा मे १० मा हुनेछ ।

प्रकाशित समय : १४:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु