गृहपृष्ठ दोर्दी खोलाको विशेष साधारणसभा असार ९ मा, हकप्रद सेयर प्रस्ताव मुख्य एजेन्डा
दोर्दी खोलाको विशेष साधारणसभा असार ९ मा, हकप्रद सेयर प्रस्ताव मुख्य एजेन्डा
काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी को गणपूरक संख्या नपुगेर स्थगित भएको विशेष साधारणसभा पुनः बोलाइएको छ। कम्पनीले हकप्रद सेयर निष्कासनसहितका विभिन्न विशेष प्रस्ताव पारित गर्न आगामी असार ९ गते सभा आयोजना गर्ने भएको हो।
कम्पनी सञ्चालक समितिको असार १ गते बसेको बैठकले विशेष साधारणसभा असार ९ गते बिहान ९ बजे ललितपुरको हिमशिखर पार्टी भेन्यू मा आयोजना गर्ने निर्णय गरेको जनाएको छ। यसअघि असार १ गतेका लागि तय गरिएको सभा आवश्यक गणपूरक संख्या नपुगेपछि स्थगित भएको थियो।
सभामा कम्पनीको जारी पुँजी संशोधन गर्ने तथा सोसँग सम्बन्धित प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पेश गरिनेछ। साथै, कम्पनीको चुक्ता पुँजीको १ः०.२८८४७४७४ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि अनुमोदनका लागि पेश गरिनेछ।
कम्पनीका अनुसार हकप्रद सेयर निष्कासनका क्रममा दशमलवमा आउने सेयर संख्यालाई नजिकको पूर्ण अंकमा समायोजन गरी बराबर रकमको हकप्रद सेयर जारी गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। नियामक निकायबाट कुनै संशोधन वा निर्देशन प्राप्त भएमा सोअनुसार आवश्यक निर्णय गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि सभाको एजेन्डामा समावेश गरिएको छ।
विशेष साधारणसभा प्रयोजनका लागि कम्पनीले यसअघि जेठ २५ गते एक दिन बुक क्लोज गरिसकेको छ। त्यसअनुसार बुक क्लोजअघिसम्म कायम रहेका सेयरधनीहरू मात्रै सभामा सहभागी भई मतदान गर्न सक्नेछन्।
प्रकाशित समय : १५:४८ बजे


















