global ime bank Long Banner Ad

गृहपृष्ठ करेन्ट लागेर धडेल्धुरामा एक जनाको मुत्यु

करेन्ट लागेर धडेल्धुरामा एक जनाको मुत्यु

करेन्ट लागेर धडेल्धुरामा एक जनाको मुत्यु

डडेल्धुरामा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । अमरगढी–१ दह (भेटा) का अन्दाजी १८ वर्षीय तेजबहादुर ऐरको करेन्ट लागेर ज्यान गएको हो ।

काँचो काठ ल्याउने क्रममा बिहीबार साँझ बिजुलीको तारमा छोइएपछि उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । घटनापछि पीडित पक्षले विद्युत् प्राधिकरण वितरण केन्द्रको लापरबाहीले ज्यान गएको भन्दै भीमदत्त राजमार्ग अवरुद्ध गरेका थिए ।

करिब १० घन्टापछि शुक्रबार बिहान चार बजेबाट राजमार्ग सञ्चालनमा आएको छ ।

पीडित परिवारलाई विद्युत् प्राधिकरण वितरण केन्द्र डडेल्धुराले क्षतीपूर्ति तिर्ने भएको छ ।

प्रकाशित समय : १४:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु