प्रदेश ५ को नीति तथा कार्यक्रम सार्वजनिक
वि.सं.२०७६ जेठ १० शुक्रवार १२:४३
shares

प्रदेश पाँच सरकारले प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
प्रदेशसभाको चौथो अधिवेशन अन्तर्गत विहीबार प्रदेश प्रमुख उमाकान्त झाले नीति तथा कार्यक्रम प्रतुत गरेका हुन् । प्रदेशले उच्च आर्थिक वृद्धिमार्फत आर्थिक सामाजिक विकासको बाटोबाट समृद्धि हासिल गर्ने आवधिक योजनाले लिएको लक्ष्य अनुकुल हुनेगरी आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
सरकारी, निजी र सहकारी क्षेत्रको सहकार्यमा नयां उद्यम व्यवसाय र पूर्वाधार विकासका आधारहरु तयार गर्ने नीति तथा कार्यक्रममा समावेश छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति कार्यक्रममा चालु आर्थिक वर्षमा समावेश भएका कार्यक्रमलाई नै निरन्तरता दिएको छ ।
विपक्षी दलहरुले पुरानै योजना र बजेटमा प्राथमिकता भन्दै नीति तथा कार्यक्रमको आलोचना गरेका छन् ।

























