गृहपृष्ठ महालक्ष्मी विकास बैंकद्वारा विद्यालयमा बाल उद्यान सामग्री वितरण
महालक्ष्मी विकास बैंकद्वारा विद्यालयमा बाल उद्यान सामग्री वितरण
महालक्ष्मी विकास बैंकको भैरहवा शाखाले शुक्रबार नारायणपथमा रहेको श्री लीलाराम माविमा बाल उद्यानसम्बन्धी पिङ, चिप्लेटी, ढिके पिङ, तेर्सो भ-याङलगायतका सामग्री हस्तान्तरण गरेको छ । बैंकले वित्तीय साक्षरतासहित सामग्री वितरण गरेको हो ।
कार्यक्रममा विद्यालयका सम्पूर्ण शिक्षक, व्यवस्थापन समितिका पदाधिकारी, महालक्ष्मी विकास बैंकका बिभिन्न शाखाका शाखा प्रबन्धकहरु र कर्मचारी तथा विद्यालयका संरक्षकहरुको उपस्थिति थियो ।
शाखाले बचत गर्न उत्प्रेरित गर्ने उद्देश्यले कक्षा ९, १०, ११ र १२ मा अध्यनरत विद्यार्थीलाई निक्षेप, रकम भुक्तानी, कर्जा, एटिएम कार्ड, मोबाइल बैंकिङ, विप्रेषण, ईसिसि, आईपिएस, बिमालगायत विभिन्न बैंकिङ सेवाबारे जानकारी गराएको थियो ।
प्रकाशित समय : ००:१२ बजे


















