global ime bank Long Banner Ad

गृहपृष्ठ समाजवादीसँग तत्काल एकता सम्भावना छैन : राजेन्द्र महतो

समाजवादीसँग तत्काल एकता सम्भावना छैन : राजेन्द्र महतो

समाजवादीसँग तत्काल एकता सम्भावना छैन : राजेन्द्र महतो

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले समाजवादी पार्टीसँग तत्काल पार्टी एकता हुने सम्भावना नरहेको बताएका छन् । सिरहामा आयोजित पार्टीको कार्यक्रममा संयोजक महतोले भने, ‘समाजवादी पार्टी सरकारबाट नबाहिरिएकाले तत्काल एकताको सम्भावना छैन ।’

लोकतान्त्रिक वैकल्पिक शक्ति निर्माणका लागि अहिले पनि समाजवादीलगायतका पार्टीहरुसँग एकताको कुरा भने भइरहेको उनको भनाइ छ । महतोले अहिले नयाँ वैकल्पिक शक्तिको खाँचो रहेको औंल्याए ।

संविधान संशोधन, मधेस आन्दोलनका क्रममा आन्दोलनकारीमाथि लगाइएको मुद्दा फिर्तालगायतका माग सम्बोधन नभएसम्म तत्काल आफ्नो पार्टीले संघीय सरकारलाई सहयोग गर्न नसक्ने बताए । मंसिर १४ गते हुने उपनिर्वाचनलाई मधेस र मधेसीको पहिचान र अस्तित्व रक्षाका लागि जनमत संग्रहको रूपमा आफ्नो पार्टीले लिएको उनको भनाइ छ ।

प्रकाशित समय : ००:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु