global ime bank Long Banner Ad

गृहपृष्ठ लुम्बिनीको ओडवलियामा एनआईसी एशियाको शाखारहित सेवा

लुम्बिनीको ओडवलियामा एनआईसी एशियाको शाखारहित सेवा

लुम्बिनीको ओडवलियामा एनआईसी एशियाको शाखारहित सेवा

एनआईसी एशिया बैंकले रुपन्देहीको ओडवलियामा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका १३ ओडवलियामा सञ्चालित ४३औं शाखारहित बैंकिङ सेवाको नगर प्रमुख मनमोहन चौधरीले उद्घाटन गरेका हुन् ।

शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा बैंकले अजयसिंह क्षेत्रीलाई नियुक्त गरेको छ । ग्रामीण क्षेत्रका बासिन्दाले गाउँमै स्थानीय प्रतिनिधिमार्फत बैंकिङ सेवा पाउन् भन्ने उद्देश्यले शाखारहित सेवा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

यस्तो सेवाबाट स्थानीयले निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा जस्तै : टेलिफोन, मोबाइल, एडिएसएल, डिस होम आदिको महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्नेछन् ।

बैंकले देशभरका ३१० शाखा कार्यालय, ३८९ एटिएम, ९१ वटा एक्सटेन्सन काउन्टर र ४३ वटा शाखारहित बैंकिङ एकाइमार्फत सेवा प्रदान गर्दै आएको छ । १८ लाखभन्दा बढी ग्राहक रहेको बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोड रुपैयाँभन्दा बढी राजस्व सरकारलाई भुक्तानी गरेको जनाएको छ ।

प्रकाशित समय : ००:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु