global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ भृकुटीमण्डपमा जुत्ता चप्पल मेला, ७० प्रतिशसम्म छुट

भृकुटीमण्डपमा जुत्ता चप्पल मेला, ७० प्रतिशसम्म छुट

भृकुटीमण्डपमा जुत्ता चप्पल मेला, ७० प्रतिशसम्म छुट

काठमाडौं । नेपाली जुत्ताघरको आयोजनामा भृकुटीमण्डपस्थित ठूलो चौरमा आयोजना भैरहेको ‘जुत्ता चप्पल व्यापार मेला २०७६’ भैरहेको छ ।

नेपालको प्रख्यात ब्राण्डका बलिया, सस्तो र आकर्षक चुत्ताचप्पलहरु एउटै छानामुनि पाइने भएपछि चुत्ता चप्पल किन्ने ग्राहकको भीड लागेको हो । यही मंसिर ६ गतेदेखि मेलामा नेपालका चर्चित ब्राण्डहरु बिएफ डियर हिल सुज, रन सुज, शिखर सुज, शुल्याण्ड र ल्याण्डवाक सुजका जुत्ता चप्पल उपलब्ध छन् ।

मेलामा नेपालका चर्चित मुख्य ब्राण्डहरुका चुत्ता चप्पलहरु बलियो, आकर्षण र सस्तोमा राखिएकोले ग्राहकहरुको भीड लागेको रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानले बताए ।

रन सुजका प्रबन्ध निर्देशक न्यौपानले भने, ‘मेलाको उद्देश्य भनेको ग्राहक महानुभावको सन्तुष्टि हो, त्यही सन्तुष्टि दिन सफल भएकाले यो मेला ग्राहक महानुभावको आकर्षणमा परेको छ ।’

मेलामा २ सय ५० रुपैयाँदेखिका चप्पल र ५ सय रुपैयाँदेखि जुत्ता उपलब्ध छन् । मेलामा ७० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । उपभोक्ताले जुत्ता चप्पल किन्दा ब्राण्ड हेरेर किन्नु पर्ने बिएफ डियर हिल सुजका अध्यक्ष होमनाथ उपाध्यायले बताए । मेलामा विवाहका सिजनलाई लक्षित थरीथरीका पार्टी सुजसमेत उपलब्ध भएको उपाध्यायले जानकारी दिए ।

मेलामा नेपालमा चलेका प्रतिष्ठित ब्राण्डका जुत्ता चप्पल एउटै छानामुनि छानेर किन्ने अबसर उपलभोक्ताले पाएका छन् । मेलामा महिला र पुरुष दुवैका लागि हुने १ हजारभन्दा बढी मोडलका जुत्ता चप्पल उपलब्ध छन् ।

मेलामा लगन, पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कार्यालयका युनिफर्म जुत्ता, महिलाले लगाउने चप्पल, जिएमएस बुटलगायत सबै प्रकारका जुत्ता चप्पल छन् । मेलामा महिला पुरुष दुवैका लागि सिजनल बुटहरु आकर्षण हुने छन् ।

जाडोमा जुत्ता चप्पल किन्ने उपभोक्तालाई लक्षित गरी मेला आयोजना गरिएको शिखर सुजका अध्यक्ष प्रबन्ध निर्देशक रामकृष्ण प्रसाइले बताए । ‘उपभोक्तालाई चर्चित ब्राण्डका न्यानो खालका जुत्ता एउटै छानोमुनि सस्तोमा किन्ने यो मेला अभूतपूर्व अवसर हो,’ प्रसाइले भने । जुत्ता उत्पादक कम्पनीले हिउँदलाई लक्षित गरेर उत्पादन गरेका नयाँ मोडलका जुत्ता चप्पल समेत उपलब्ध छन् ।

प्रकाशित समय : १५:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु