global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ प्रधानमन्त्रीले खेलाडीलक्षित विशेष सम्बोधन गर्ने

प्रधानमन्त्रीले खेलाडीलक्षित विशेष सम्बोधन गर्ने

प्रधानमन्त्रीले खेलाडीलक्षित विशेष सम्बोधन गर्ने

दुई दशकपछि नेपालमा हुन लागेको दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी खेलाडी तथा प्रशिक्षकको मनोबल बढाउन प्रधानमन्त्रीले खेलाडीलक्षित विशेष सम्बोधन गर्ने भएका छन् । खेलाडीको मनोबल बढाउन प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्रीले मंगलबार बिहान ११ बजे प्रज्ञा भवनमा हुने कार्यक्रममा सागका खेलाडी तथा प्रशिक्षकलाई सम्बोधन गर्ने निजी सचिवालयले जनाएको छ । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले खेलाडी तथा प्रशिक्षकका लागि प्याकेज घोषणा गर्ने अनुमान गरिएको छ । मंसिर १५ गतेबाट नेपालमा साग खेलकुद प्रतियोगिता हुँदैछ । प्रतियोगिताअन्तर्गतका खेलहरू काठमाडौं, पोखरा र जनकपुरमा हुनेछन् ।

कार्यक्रममा राष्ट्रिय महिला भलिबल खेलाडीलाई पुरस्कार दिने तयारी पनि छ । बंगलादेशमा भएको एभीसी एसियन सिनियर सेन्ट्रल जोन वुमन्स भलिबल च्याम्पियनसिपमा नेपाली महिला भलिबल अटिमले स्वर्ण जितेको थियो । प्रधानमन्त्री ओलीले प्रज्ञा भवनमा सम्बोधनपछि दशरथ रंगशालाको मर्मत कार्य अवलोकन गर्ने बताइएको छ ।

प्रकाशित समय : १५:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु