सम्यक महादानमा सहभागी हुन राष्ट्रपतिलाई निमन्त्रणा (तस्विरहरू)
वि.सं.२०८३ कात्तिक १९ बिहीवार १७:०७
shares

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष काठमाडौँ महानगरपालिका सम्यक महादान मूल समारोह समितिले सम्यक महादानको निमन्त्रणा प्रदान गरेको छ ।
राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित कार्यक्रममा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनीता डंगोलले सो निमन्त्रणा प्रदान गरेकी हुन् ।
कार्यक्रममा विशेष सांस्कृतिक परम्परा र बाजागाजासहित बौद्ध धर्मगुरु, महानगरका जनप्रतिनिधि र अन्य महानुभावहरुको पनि सहभागिता थियो ।


























