काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आईफोन डुओको फोल्डेबल डिस्प्लेको कभर लेयर फेर्न सकिने

1.58K
shares

काठमाडौं । एप्पलले आफ्नो फोल्डेबल आईफोन डुओको भित्री डिस्प्लेमा प्रयोग गरिएको कभर लेयर बिग्रिएमा वा घिसिएमा प्रतिस्थापन गर्न सकिने जनाएको छ । एप्पलकी हार्डवेयर इन्जिनियरिङ उपाध्यक्ष केट बर्जेरोनले कभर लेयर हटाएर नयाँ तह राख्न सकिने जानकारी दिएकी हुन् ।

यो तहले फोल्डेबल डिस्प्लेको बीचमा देखिने क्रिजलाई कम देखाउन मद्दत गर्छ । एप्पलका अनुसार कभर लेयर लामो समयसम्म राम्रो अवस्थामा रहोस् भनेर कम्पनीले उल्लेख्य इन्जिनियरिङ कार्य गरेको छ । तर, लामो समयको प्रयोगपछि तह घिसिएमा वा डिस्प्लेको क्रिज बढी देखिन थालेमा ग्राहकले नयाँ कभर लेयर राख्न सक्नेछन् ।

अमेरिकामा एप्पलकेयर प्लस भएका ग्राहकका लागि यसको प्रतिस्थापन शुल्क १९ अमेरिकी डलर तोकिएको छ । एप्पलकेयर प्लस नभएका ग्राहकका लागि भने एप्पलले शुल्क सार्वजनिक गरेको छैन ।

कभर लेयर प्रतिस्थापन एप्पल स्टोर तथा आधिकारिक सेवा प्रदायकमार्फत हुने सम्भावना छ । प्रयोगकर्ताले आफैं उक्त तह हटाएर नयाँ राख्न पाउने वा नपाउने विषयमा भने कम्पनीले स्पष्ट गरेको छैन । आईफोन डुओको प्रि–अर्डर अक्टोबर १६ देखि सुरु हुने र अक्टोबर २३ देखि बजारमा उपलब्ध हुनेछ ।