गृहपृष्ठ पर्सागढीमा निःशुल्क आँखा शिविर : १६७९ जनाको परीक्षण

पर्सागढीमा निःशुल्क आँखा शिविर : १६७९ जनाको परीक्षण

पर्सागढीमा निःशुल्क आँखा शिविर : १६७९ जनाको परीक्षण

रौतहट । आर्थिक अभाव वा पहुँचको कमीका कारण आँखा उपचारबाट वञ्चित हुन सक्ने नागरिकलाई लक्षित गर्दै पर्सागढी नगरपालिकाका सबै वडामा निःशुल्क मोतिबिन्दु छनोट तथा शल्यक्रिया शिविर सञ्चालन भइरहेको छ।

नेपाल आँखा कार्यक्रम, निजगढ तिलगंगा सामुदायिक आँखा अस्पताल र पर्सागढी नगरपालिकाको संयुक्त आयोजनामा सञ्चालित शिविरअन्तर्गत हालसम्म नाैवटा स्थानमा आँखा जाँच तथा परीक्षण गरिएको छ। सो क्रममा १ हजार ६७९ जनाको आँखा परीक्षण गरिएको आयोजकले जनाएको छ।

परीक्षणका क्रममा मोतिबिन्दु पहिचान भएका बिरामीमध्ये १७५ जनाको निःशुल्क शल्यक्रिया सम्पन्न भइसकेको छ। डा. विष्णुहरि मरहठ्ठाको नेतृत्वमा रहेको चिकित्सकीय टोलीले शल्यक्रिया गरिरहेको छ।

आँखाको समस्या पहिचान भएपछि समयमै उपचार नपाउँदा दृष्टि गुम्ने जोखिमसमेत रहने भएकाले स्थानीय तहमा सञ्चालन हुने यस्ता शिविर ग्रामीण तथा आर्थिक रूपमा कमजोर समुदायका लागि महत्वपूर्ण मानिन्छन्। विशेषगरी मोतिबिन्दुजस्तो उपचारबाट सुधार गर्न सकिने समस्याका बिरामीले सहज रूपमा सेवा पाउँदा स्वास्थ्य सेवामा पहुँच विस्तार हुने देखिन्छ।

शिविर शनिबारसम्म सञ्चालन हुने भएकाले पर्सागढी नगरपालिकाका नागरिकलाई आफूलाई पायक पर्ने स्थानमा पुगेर निःशुल्क आँखा परीक्षण गराउन आयोजकले आग्रह गरेको छ।

आयोजकका अनुसार समयमै आँखाको परीक्षण गराउँदा समस्या पहिचानसँगै आवश्यक उपचारको बाटोसमेत खुल्ने भएकाले शिविरको अवसरबाट नगरवासीले लाभ लिन सक्नेछन्।

प्रकाशित समय : १२:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु