गृहपृष्ठ फ्लाईदुबईका भारतीय पाइलट स्मित माछारलाई ट्रम्प र मोदीले दिए ‘हिरो’ को संज्ञा
फ्लाईदुबईका भारतीय पाइलट स्मित माछारलाई ट्रम्प र मोदीले दिए ‘हिरो’ को संज्ञा
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईको उडानमा सवार भारतीय क्याप्टेन स्मित माछारको प्रशंसा गर्दै उनलाई ‘नायक’ को संज्ञा दिएका छन् ।
मोदीले बिहीबार बिहान स्मितको बहादुरीले ठूलो दुर्घटनाबाट बच्न मद्दत गरेको र १७४ जनाको ज्यान बचाउन सफल भएको भन्दै हिरोको संज्ञा दिएका हुन् ।
मोदीले सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्राममा लेखेका छन्, ‘क्याप्टेन स्मित माछार एक नायक हुन्। सबैभन्दा ठूलो खतराको सामना गर्नुपर्दा र गम्भीर घाइते भए पनि, उनले अरूको जीवन बचाउन ठूलो साहस र दृढ संकल्प देखाए।’
उनले थप लेखेका छन् ‘उनको साहसले सयौंको जीवन बचाउन र ठूलो दुर्घटनाबाट बच्न मद्दत गर्यो। भारत क्याप्टेन माछारप्रति गर्व गर्दछ। म उनको शीघ्र स्वास्थ्यलाभ, नवीकरण गरिएको शक्ति र सुस्वास्थ्यको लागि प्रार्थना गर्दछु।’
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि क्याप्टेन स्मित माछारलाई ‘नायक’ भनेका थिए।
यसैबीच, साउदी अरबमा रहेको भारतीय दूतावासले स्मितलाई अस्पतालमा भर्ना गरिएको र उपचार भइरहेको जानकारी दिएको छ। उनको अवस्था स्थिर रहेको बताइएको छ।
प्रकाशित समय : ११:३५ बजे


















