गृहपृष्ठ लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच सहरमा ७ सयभन्दा बढी सहभागी
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच सहरमा ७ सयभन्दा बढी सहभागी
काठमाडौं — टोटल इनर्जिज लुब्रिकेन्टको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ल्युब आयल प्रालिले ‘रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक मिट २०२६’ कार्यक्रम देशका विभिन्न प्रमुख सहरमा विस्तार गरेको छ।
कम्पनीका अनुसार बिर्तामोड, इटहरी, विराटनगर, वीरगञ्ज र चितवनमा सम्पन्न कार्यक्रममा ७ सयभन्दा बढी रिटेलर, डिलर तथा निजी ग्यारेज मेकानिक सहभागी भएका छन्।
अटोमोटिभ बजारसँगको प्रत्यक्ष सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रमलाई कम्पनीले उत्पादन प्रवर्द्धनमा मात्र सीमित नराखी व्यवसायी तथा प्राविधिकसँग प्रत्यक्ष संवाद गर्ने माध्यमका रूपमा अघि बढाएको जनाएको छ।
कार्यक्रममा रिटेलर, डिलर तथा ग्यारेज मेकानिकसँग लुब्रिकेन्टको प्रयोग, सवारीसाधनअनुसार उपयुक्त उत्पादन छनोट, प्राविधिक आवश्यकता, बजारको अवस्था तथा ग्राहकको व्यवहारलगायत विषयमा छलफल गरिएको थियो।
कम्पनीका अनुसार बिर्तामोडमा १ सयभन्दा बढी, इटहरीमा ९० भन्दा बढी, विराटनगरमा १ सय १० भन्दा बढी तथा वीरगञ्ज र चितवनमा २ सयभन्दा बढी सहभागी कार्यक्रममा उपस्थित भएका थिए। पाँच सहरका उपलब्ध तथ्यांकअनुसार कुल सहभागी संख्या ७ सयभन्दा बढी पुगेको कम्पनीले जनाएको छ।
कार्यक्रममा टोटल इनर्जिजका विभिन्न उत्पादन तथा तिनको सही प्रयोगबारे प्राविधिक जानकारीसमेत आदानप्रदान गरिएको थियो। सवारीसाधनको प्रकार, इन्जिन प्रविधि, सञ्चालन अवस्था तथा निर्माता कम्पनीको सिफारिसअनुसार सही भिस्कोसिटी र ग्रेडको लुब्रिकेन्ट छनोट गर्नुपर्नेमा कार्यक्रममा जोड दिइएको थियो।
सहभागी रिटेलर तथा मेकानिकले टोटल इनर्जिजका उत्पादन प्रयोग गर्दाका आफ्ना व्यावहारिक अनुभव तथा प्रतिक्रियासमेत कार्यक्रममा साझा गरेका थिए।
लक्ष्मी ल्युब आयलले ‘ग्यारेज चौतारी’मार्फत ग्यारेज सञ्चालक, मेकानिक तथा अटोमोटिभ व्यवसायीबीच प्राविधिक ज्ञान र अनुभव आदानप्रदान गर्ने गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ।
बिर्तामोड, इटहरी, विराटनगर, वीरगञ्ज र चितवनमा कार्यक्रम सम्पन्न गरेपछि कम्पनीले आगामी दिनमा नेपालका अन्य प्रमुख सहरमा पनि ‘रिटेलर एन्ड प्राइभेट ग्यारेज मेकानिक मिट २०२६’ आयोजना गर्ने तयारी गरेको जनाएको छ।
प्रकाशित समय : १२:४६ बजे


















