गृहपृष्ठ एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री स्वदेश फिर्ता

एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री स्वदेश फिर्ता

एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री स्वदेश फिर्ता

काठमाडौँ । एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा स्वर्णिम वाग्ले आज स्वदेश फर्किएको छन् ।

कतारको राजधानी दोहामा आयोजित बैठकमा भाग लिन अर्थमन्त्री डा वाग्ले यही असोज १० गते त्यसतर्फ गएको थिए ।

नेपालको पूर्वाधार विकासका लागि बैंकको लगानी विस्तार, प्रविधि हस्तान्तरण तथा सदस्य राष्ट्रबीच थप सहकार्यको वातारण सृजना गर्न ‘दोहा बैठक’ फलदायी भएको उनको सचिवालयले जनाएको छ ।

बैठकले अर्थमन्त्री एवं एआइआइबीको गभर्नर परिषद्का गभर्नर डा स्वर्णिम वाग्लेलाई सन् २०२६–२७ का लागि उपसभापतिमा निर्वाचित गरेको छ । क्षेत्रीय सदस्य राष्ट्रमध्येबाट नेपाललाई उपसभापतिमा निर्वाचित गरेको हो ।

सो अवसरमा आयोजित ‘गभर्नर्स बिजनेस राउन्ड टेबल’ कार्यक्रममा अर्थमन्त्री डा वाग्लेले आवश्यक पुँजीको व्यवस्थासहित सडक, विद्युत्, सञ्चार तथा सूचना प्रविधिलगायत उत्पादनका क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने बताए ।

उनले नेपालजस्ता मुलुकको आवश्यकतासँग मेल खानेगरी बैंकको लगानीलाई अधिकतम् सहुलियतपूर्ण बनाउने, स्वदेशी तथा विदेशी निजी पुँजीलाई आकर्षित गर्ने र सम्बन्धित मुलुकको आवश्यकतालाई दृष्टिगत गरी उत्पादनमूलक लगानीमा जोड दिनुपर्ने धारणा व्यक्त गरे।

अर्थमन्त्री डा वाग्लेले एआइआईबीका अध्यक्ष, बैंकका सदस्य राष्ट्र कतार, भारत, बङ्गलादेश, आर्मेनिया, जर्जियाका अर्थमन्त्रीसँग द्विपक्षीय हित, आर्थिक सहकार्य, लगानी विस्तार र नेपालले भोगेको प्राकृतिक विपत्तिपछिको पुनर्निर्माणमा सहयोगबारे छलफल गरेको उनको सचिवालयले जनाएको छ ।

नेपाल पहिलोपटक एसियाली पूर्वाधार लगानी बैंकको उपसभापतिमा निर्वाचित भएसँगै मुलुकको महत्त्वपूर्ण पूर्वाधार विकासका लागि बैंकको लगानी विस्तार, प्रविधि हस्तान्तरण र सहकार्यका लागि थप मार्गप्रशस्त हुने आशा गरिएको छ ।

प्रकाशित समय : १२:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु